Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

बेनी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनबाट जापानका ददिवल खडका अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । म्याग्दीको अन्नपुर्ण गाउपालीका वडा नं. ६ घार पुख्यौली घर भएका खडका यस अघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी उपाध्यक्षमा सुर्जे भट्टचन, इ. नन्द गर्बुजा, हरी राम्जाली, दिपक कार्की, किसान जि.सी, महिला उपाध्यक्षमा विष्णु बानियाँ, महासचिब सुनेश के.सी, सचिबमा हिक्मत श्रेष्ठ र निलमकुमार थापा, महिला सचिबमा संगिता थापा, कोषाध्यक्षमा नरेन्द्र फगामी, सहकोषाध्यक्षमा प्रेम छन्त्याल, युवा संयोजकमा सचिन श्रेष्ठ, महिला संयोजकमा पुर्णिमा पाईजा, महिला उपसंयोजकमा नैना पुन तिलीजा र क्षेत्रीय संयोजकमा दिपु फगामी सर्वसम्मत चयन हुनुभएको छ ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा शुक्रवारदेखि मोनाको पांचौं महाधिवेशन चलिरहेको छ । महाधिवेशनले आगामी दुईबर्षे कार्यकालका लागि भावी कार्ययोजना तथा रणनीति तय गर्ने कार्यक्रम समेत रहेको छ । ***

तपाईको प्रतिक्रिया