Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ । रुम्झाटारबाट बिहान ७ बजेर १३ मिनेटमा उडेको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर लोबुचेमा ल्यान्ड गर्ने क्रममा थोरै पल्टिएको हो ।

बिरामीको उद्धार गर्न गएको हेलिकप्टरमा क्याप्टेन पीके सेढाइँ अर्थात् प्रकाशकुमार सेढाइँ एक्लै थिए । घाइते भएका उनलाई उपचारका लागि काठमाडौँ ल्याइँदैछ । प्राधिकरणका सूचना अधिकारी गनेन्द्र भुलका अनुसार क्याप्टेन सेढाइँलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै गरिएको हो ।

हेलिकप्टर दुर्घटनाको कारण खुलिसकेको छैन । ‘अवतरणका क्रममा दुर्घटनामा परेको देखिन्छ, कारण खुलेको छैन,’ उनले भने, ‘यात्रु कोही नभएको कारणले मानवीय क्षति भएको छैन ।’

तपाईको प्रतिक्रिया