Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – फ्रान्स,  पोर्चुगल र बेल्जियम २०२४ को युरोकपमा  छनौट भएका छन् । गएराती समूह बी अन्तर्गतको खेलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गरेसँगै फ्रान्सले युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

फ्रान्सको जितमा किलीयन एम्बाप्पेले दुवै गोल गरेका थिए । त्यसैगरी नेदरल्याण्डसका लागि क्यूलिनची हर्थम्यानले एक गोल गरेका थिए । यो जितपछि फ्रान्सको ६ खेलमा १८ अंक भएको छ र समूहमा शीर्ष स्थानमा रहेको छ । नेदरल्याण्डसको भने ५ खेलमा ९ अंकसहित तेस्रो स्थानमा छ ।

छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा जर्मनीमा हुने युरोकपका लागि छनौट भएको छ । समूह जे अन्तर्गतको गएराती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने गोन्कालो रामोसले एक गोल गरेका थिए । योसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोलसंख्या १२५ पुर्‍याएका छन् । उनी विश्वमै सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् ।  स्लोभाकियाका लागि डेभिड हानको र स्टानीस्लाभ लोबोटकाले एक एक गोल गरेका थिए ।

पोर्चुगलको युरोकप छनौटमा यो लगातार सातौं जित हो । समूह जे मा रहेको पोर्चुगलको यो जितपछि ७ खेलमा २१ अंक भएको छ र समूहमा शीर्ष स्थानमा रहेको छ । स्लोभाकियाको ७ खेलमा १३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

समूह एफ अन्तर्गत गएराती सम्पन्न खेलमा बेल्जियमले अस्ट्रियालाई ३-२ गोलले पराजित गर्दै युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । बेल्जियमको जितमा डोडी लुकेबाकियोले २ गोल गरेका थिए भने रोमेलु लुकाकुले एक गोल गरेका थिए । अस्ट्रियाका लागि कोनार्ड लाइमेर र मार्सल सावित्जरले एक एक गोल गरेका थिए ।

यस खेलमा बेल्जियमका अमाडोउ ओनानाले खेलको ७८औ मिनेटमा रातो कार्ड पाएपछि बेल्जियम १० खेलाडीमा सीमित भएको थियो । यो जितपछि बेल्जियमको समूह एफमा ६ खेलमा १६ अंक भएको छ र समूहमा शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलियाको ६ खेलमा १३ अंकसहित समूहमा दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया