Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेकपा एमालेका सांसद तारा लामा तामाङले चाडपर्वको मुखमा महँगीले आकाश छोएकोप्रति सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै कञ्चनपुर १ बाट निर्वाचित सांसद लामाले भने, ‘दसैँको मुखमा छ, शुभकामना दिऊ पनि कसरी ? सरकारले एउटा सूचना जारी गरेर हामीबाट केही आशा नगर्नु जे जे गर्नु छ भनेर भन्या भए हुन्थ्यो । महँगीले पराकास्ट नाघेको छ ।’

दैनिक उपभोग्य सामानको मूल्य चर्को रहेको यातायातको भाडा अचाक्ली बढेको उनले बताए । ‘दसैँको मुखमा धनगढीसम्म जान बसको सहज उपलब्धता छैन, प्लेनमा धनगढी जान १७ हजार १८६ रुपैयाँ छ,’ उनले भने, ‘बरु दिल्लीमा १०–११ हजारमा पुगिने रहेछ ।’

सरकारले आफू भएको अनुभूति गर्नुपर्ने उनले बताए । सांसद लामाले आफ्ना निर्वाचन क्षेत्र कञ्चनपुर–१ समस्या पनि सदनमा राखेका छन् ।

पुनर्वासमा रहेको भागेश्वर मिलले केही दिन अघि केकिलयुक्त फोहोर पानी छाड्दा चार सय बिघा धनमा क्षति भएको थियो । ‘मिलको बहाव बगेको वरपर धान क्षति भएको छ, केमिकलयुक्त पानीका कारण चार सय बिघा धान नष्ट भएको भनिएको छ,’ उनले भने, ‘सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गरोस् ।’

सांसद लामाले बझाङ भूकम्पपीडितलाई दसैँ अघि नै राहत प्याकेज घोषणा गर्नुपर्ने, कञ्चनपुरका आरक्षपीडितका समस्या समाधान र बेलौरीको छोटी भन्सार छिट्टै सुरु हुनुपर्ने माग राखे ।

तपाईको प्रतिक्रिया