Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानका सफल व्यवसायी तथा एनआरएनए अभियन्ता रोविनप्रसाद शेरचनले पोखरालाई ‘आईटी हब’ बनाउने डा. महावीर पुनको अभियानको नेतृत्व गर्ने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ स्थापनाको २० वर्ष पुगेको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रको कार्यालयमै पुगेर एनआरएनए अभियन्ता शेरचनले यस्तो घोषणा गरेका हुन् ।

उनले पोखरा शहरलाई आईटी हब सिलिकन भ्याली निर्माण गर्ने परिकल्पनालाई साकार पार्ने योजनामा प्रतिविद्धतासमेत जनाए । यो अभियानमा करिब चार करोड रुपैयाँ बरावरको खर्च लाग्ने प्रारम्भिक अनुमान छ । डा. पुनको परिकल्पनाको प्रशंसा गर्दै शेरचनले लामो समयदेखिको नेपालमा दीर्घकालीन सहयोग गर्ने आफ्नो धोको पूरा हुनेमा खुसी व्यक्त गरेका हुन् ।आगामी साता काठमाडौंमा हुने एनआरएनएको ११औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका शेरचनले डा. पुनसँगको सहकार्यले आफूलाई निक्कै हौसला मिलेको बताए । युवा पुस्तामा कुनै न कुनै सीपमा दक्षता दिलाउने पाँच बुँदे मुख्य प्रतिबद्धता सहित उनले  गैरआवासीय नेपाली संघको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सो अवसरमा डा. पुनद्वारा प्रकाशन हुन लागेको जीवनी पुस्तकमा सहयोग अभियान समेत जुटाउने बताएका शेरचनले केन्द्र परिसरमा निर्माणाधीन आविष्कारका योजनाको विस्तृत अवलोकन गरेका थिए । ***

तपाईको प्रतिक्रिया