Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौंको तीनकुनेमा भदौ २९ गते चार जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तको जिल्ला अदालत काठमाडौंमा बकपत्र गराउने कार्य सुरु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर बुधबार प्रतिवेदन बुझाएको थियो । त्यसको भोलिपल्ट जिल्ला सरकारी वकिल कायार्नलय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

आइतबारदेखि अदालतमा नियमित मुद्दाको सुनुवाइ नहुने भएकाले यो मुद्दामा थुनछेक आदेश आजै गराउने सम्भावना छ । त्यसका लागि अदालतले दोभासे झिकाएको छ । तीनकुने गैह्रीगाउँस्थित काष्ठ उद्योगभित्र दोलखाको कालिञ्चोक गाउँपालिका ८ का कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनका श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल, धनकुटा भीरगाउँ घर भई हाल मोरङको बेलबारी नगरपालिका २ बस्ने १९ वर्षीय नवीन राईको हत्या भएको थियो ।

उनीहरूको हत्या अभियोगमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका ९ का २३ वर्षीय सञ्जय भण्डारी पक्राउ परेका छन् । उनले आफूले घटना घटाएको पक्राउ पर्नासाथ स्वीकार गरेका छन् । यस्तै उनले पछि अनुसन्धान अधिकारी समक्ष गरेको बयानका क्रममा पनि घटना स्वीकार गर्दै कसरी घटाए भन्ने पनि विस्तृतमा खुलाइदिएका छन् ।

बोल्न र सुन्न नसक्ने भण्डारीको बयान दोभाषे मार्फत र लिखित रुपमा गराइएको थियो । उनले सुन्न नसक्ने व्यक्ति पढ्ने विद्यालयबाट कक्षा १२ सम्म अध्ययन पूरा गरेका छन् । भण्डारीलाई घटनाको दुई दिनपछि भदौ ३१ गते काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो । घटनामा प्रयोग गरिएका हतियार र त्यतिबेला लगाएका लुगासमेत प्रहरीले बरामद गरिसकेको छ ।

प्रहरी सामु बयान दिँदा उनले भनेका छन्, ‘सामाजिक विभेदका कारण म निर्दयी छु । कसैप्रति माया ममता जाग्दैन । विगतमा पनि यस्ता घटना धेरै घटाएको छु । तीनकुनेमा चार जनाको हत्यापछि त्यहीँको कोठामा गएर आराम गरेँ । आराम गर्दा केही समय निदाएँ, खासै असहज महसुस भएन ।’

बहिराहरूप्रति गरिने सामाजिक विभेदको कारण काठमाडौंका रातोपुल, धुम्बाराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा पनि विभिन्न व्यक्तिको हत्या गरिसकेको उनको बयान छ । ‘मैले यी ठाउँमा मारेको मान्छेहरूलाई म चिन्दिनँ । सबैलाई धारिलो हतियार प्रयोग गरी मारेको छु । मारेको मिति थाहा छैन । अनुसन्धान गर्ने काम प्रहरीको हो’, उनले थप बयानका क्रममा भनेका छन् ।

उनले तीनकुनेको घटनाका बारेमा प्रहरीलाई जानकारी दिने व्यक्तिलाई नमारेको आफूलाई पछुतो लागेको बयान दिएका छन् ।  ‘मैले चारजनाको हत्या गरेपछि आराम गरिरहेको अवस्थामा घटनास्थलमा लाइट बाली आएका व्यक्तिलाई समेत हत्या गर्न पाएको भए यो घटना बाहिर आउँदैन थियो होला’, उनले बयानमा भनेका छन्, ‘निजले घटना सम्बन्धमा प्रहरीलाई खबर गरेको कारण प्रहरीले मलाई पक्राउ गर्न सफल भयो । यदी घटनापछि निज व्यक्ति घटनास्थलमा नआएको तथा निजलाई पनि मैले मार्न भ्याएको भए म सबै शवहरू व्यवस्थापन गर्न सफल हुन्थेजस्तो लाग्छ ।’

लाइटको उज्यालो देखी मानिसहरूको जमघट हुन लागेको भ्रममा परी निजलाई नमारी भागेकोमा आफूलाई पश्चाताप लागेको बयान उनले दिएका छन् ।

तपाईको प्रतिक्रिया