Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इजरायली कूटनीतिज्ञलाई चीनको राजधानी बेइजिङमा चक्कु प्रहार भएको छ । इजरायलको विदेश मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले उल्लेख गरेअनुसार शुक्रबार बेइजिङमा ती कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको हो ।

ती कूटनीतिज्ञको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बताइएको छ । उनीमाथि किन आक्रमण गरेको भन्ने खुलेको छैन । घटना राजदूतावासभन्दा बाहिर भएको हो ।

इजरायल र हमासबीच युद्ध भइरहेका बेला इजरायली कूटनीतिज्ञमाथि आक्रमण भएको छ । इजरायलको विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले विदेशमा रहेका इजरायलीहरूलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया