शुक्रबार, आषाढ ०७, २०८१
Friday, June 21, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमले २५० जना नेपाली घर फर्किएका छन् । युद्धग्रस्त इजरायलबाट नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट फर्किदै गरेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अवतरण गर्ने छ ।

आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताए । नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकले आबेदन दिएका थिए। तिनीहरु मध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानबाट २५० जना घर फर्कन लागेका हुन् । नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल पुगेका छन् । त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया