Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – यही आउदो अक्टुबर १५ तारिख आइतबारका दिन किर्तीपुरको ससत्वा: हलमा गोल्बल नेवा: कन्फ्रेन्स हुने भएको छ | उक्त कन्फ्रेन्समा अक्टोबर १७ देखि २० सम्म हुने विश्व एनआरएन सम्मलेन २०२३ मा सहभागी हुन आएका एनआरएन नेपालीहरुलाई ग्लोबल नेवा: कन्फ्रेन्स आयोजक समितिले स्वागत गर्ने कार्यक्रम रहेको छ |

नेपाल बाहिर बस्नु हुने एनआरएन नेवारहरुलाई एक सुत्रमा बाँधी नेवा: एनआरएन मार्फत नेपाल भाषा, कला, संस्कृति, लिपिको सम्बर्द्धन संरक्षण गर्ने, बिदेशमा बस्ने नेवारहरुलाई एक आपसमा सहयोग आदान प्रदान गर्ने, नेपालको कला संस्कृति संसारभरि फैलाउने, नेपालको विकासमा आफूसंग रहेको सीप, कौसल र पहुँच मार्फत टेवा दिने, एनआरएन अभियानमा नेवारहरुलाई सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्य रहेको छ |

विश्वभर छरिएका नेवारहरुको आर्थिक उन्नतिमा एक आपसमा सहकार्य गर्ने, विश्वभर रहेका नेवार संघ-संस्थासंग सुमधुर भाइचारा सम्बन्ध कायम गरी विभिन्न बिचारधारा भएका एनआरएन नेवारहरुलाई एउटै थलोमा ल्याउने प्रयत्न गर्ने, बिदेशी नागरिकता लिईसकेका नेवारहरुलाई गैर आवासिय नेपाली नागरिकता लिन उत्प्रेरित गर्ने, नेपालमा बसोबास गर्ने नेवार र बिदेशमा बस्ने एनआरएन नेवारहरु बिच आपसी सम्बन्ध सुढृढ र सुमधर बनाउनु को साथै बिदेशमा बस्नु हुने नेवारहरुका बाल बच्चाहरु त्यहिकै बाताबरणमा हुर्किएको कारण आफ्नो पुर्ख्यौली भाषा, कला, संस्कृति बिस्तारै भुल्दै गईसकेका छन त्यस्ता बालबालिका तथा युवाहरु लक्षित पुर्खाको भाषा, कला, संस्कृति चिनाउने तथा जगेर्ना गर्ने कार्यमा उनीहरुलाई सहभागी गराउने पनि  कन्फ्रेन्सको उद्देश्य रहेको कार्यक्रम संयोजक सुनिलकुमार शाक्यले जानकारी दिनु भएको छ ।

एघारौं विश्व सम्मलेनमा भाग लिन आउनुहुने सम्पूर्ण एनआरएन नेवारहरु ग्लोबल नेवा: कन्फ्रेन्समा सहभागी भएर शोभा बढाईदिन ग्लोबल नेवा: कन्फ्रेन्स आयोजक समितिले आव्हान गरेको छ ।
उक्त कार्यको ब्यवस्थापनको जिम्मेवारी नेवा:जागरण मंचको संयोजक सुजिब बज्राचार्य, नेवा: देय् दबू भक्तपुरको अध्यक्ष नरेश नेवा: तथा नेवा: एकता अभियानका सदस्य नारायण जोशी, ईन्दिरा सुजुकी, विकास श्रेष्ठ र सविता श्रेष्ठले लिनुभएको बताईएको छ ।
एनआरएनका पूर्व कोषाध्यक्ष प्रीतम श्रेष्ठ, नेवा: देय् दबूका संरक्षक नरेशकुमार ताम्रकार, WNO का Patron तथा एनआरएन Oregon Chapter, USA का पूर्व अध्यक्ष दयारत्न शाक्य, हिरोशिमा विश्वविद्यालयका प्रा. डा. केशवलाल महर्जन तथा बेलायतका डा. शान्तविर सिंह तुलाधर समेतको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो ।

उक्त कार्यक्रममा एनआरएन विश्व सम्मेलन २०२३ का लागि सहभागी हुन आउनुभएका नेवारहरुको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ । स्मरण रहोस पहिलो ग्लोबल नेवा: कन्फ्रेन्स २०१७ र द्वितीय २०१९ मा सम्पन्न भएको थियो । ***

तपाईको प्रतिक्रिया