Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इरानमाथि नेपालले फराकिलो जित हात पारेको छ । यू-१९ एसीसी प्रिमियर कपमा नेपाल २७४ रनले जितेको हो ।

वाईएसडी यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा नेपालका बलरसामु इरानका कुनै ब्याट्सम्यान टिक्न सकेनन् । इरानका ओपनर अमिर खोरासन्द र सबिर इब्राहिशमीपोर बाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् ।

खोरासन्दले सर्वाधिक ३७ रन र सबिर इब्राहिशमीपोर ११ रन बनाए । इरानी ब्याट्सम्यान ३० औँ ओभरमै अलआउट भए । नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३ विकेट लिए । हेमन्त धामी र आकाश चन्दले समान २ विकेट चट्काए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा समेटिदै ३५३ रनको उच्च लक्ष्य दिएको थियो । नेपालको ब्याटिङ पक्ष उल्लेखीय रह्यो। सुरुवात राम्रो नभए पनि बीचका ब्याट्सम्यानले क्रिज सम्हालेका थिए । कप्तान देव खनालले ६० बलमा शतक प्रहार गर्दै नेपाललाई उच्च लक्ष्य दिलाउन मदत गरे ।

दीपकप्रसाद डुम्रेले ६९ रन बनाएको इनिङ्समा ओपनर दीपक बोहराले ६५ रन बनाए । दीपेश कँडेलले २९, हेमन्त धामीले २३ तथा सुवास भण्डारीले १८ रन बनाएका थिए । इरानका सलमान नियाजमन्द र दादरहमान रायसीले समान ३ विकेट लिए । जैद रायसी र समान शेखीले समान दुई विकेट हात पारे ।

समूह एमा रहेको नेपालले अब बहराइन र साउदी अरबसँग खेल्नेछ । नेपाल प्रतियोगिताको विजेता बन्दै एसिया कपमा छनोट हुने लक्ष्यमा रहेको छ ।

तपाईको प्रतिक्रिया