Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज बुधबार राती जाने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार सरकारले द्वन्द्वग्रस्त इजरायलमा उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे दुबई ट्रान्जिट बनाएर जाने भएको हो ।

चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ भएको परराष्ट्र मन्त्रालयको भनाई छ । विद्रोही समूह हमासको आक्रमणपछि इजरायलमा रहेकाहरूले जतिसक्दो चाँडो उद्धार गरिदिन आग्रह गरिरहेका छन् । तर, जहाज तयारी अवस्थामा राखिए पनि हवाई रुट नपाइएका कारण जहाज पठाउन ढिलाइ भइरहेको बताउँदै आएको छ ।

हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ । बाँकी विद्यार्थी र नेपालीहरूले सरकारको उपस्थिति खोजिरहेका छन् ।

तपाईको प्रतिक्रिया