Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह जापान प्रस्थान गरेकी छन् । उनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन बुधबार नेपाल एयरलाइन्सको विमानमार्फत जापान प्रस्थान गरेकी हुन् ।

शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिडन ट्रेजरका प्रतिनिधिले शुभकामनासहित बिदाइ गरे । टोकियोतर्फ उड्नुअघि विमानस्थलमा कुरा गर्दै शाहले जितको आत्मविश्वास लिएर आफू जान लागेको बताइन् । ‘उपाधिका लागि आफ्नो तर्फबाट उत्कृष्ट दिने प्रयास गर्नेछु,’ उनले भनिन्, ‘नेपालको सानलाई अन्तर्राष्ट्रिय मञ्चमा कायम राख्नेतर्फ मेरो पूर्ण प्रयत्न हुनेछ ।’

नेपाली क्यालेण्डरअनुसार कात्तिक ९ गते (अक्टोबर २६) टोकियोमा मिस इन्टरनेसनलको फिनाले हुँदैछ । फिनालेअघि उनले प्रतिस्पर्धाको तयारीका लागि विभिन्न सीप र कौशल सिक्ने भएकी छन् ।

प्रसिद्धिले आर्थिक विकास र बालबालिकालाई विद्यालय शिक्षामा जोड्ने एजेण्डा प्रस्तुत गर्दैछिन् भने नेपालको सांस्कृतिक सम्पदा झल्काउन पञ्चबुद्धको थांका समेत प्रस्तुत गर्दैछिन् । यसपटकको मिस इन्टरनेसनलमा ७४ देशका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

तपाईको प्रतिक्रिया