Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इजरायलमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ । यसअघि गाजाको सीमावर्ती क्षेत्रमा कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीलाई सुरक्षा संयन्त्रको सहयोगमा उद्धार गरी थप सुरक्षित ठाउँमा सारिएको थियो ।

नेपाली दूतावास तेल अबिब, इजरायलका अनुसार इजरायलको उत्तरी सिमाना आसपास रहेका उनीहरूलाई थप सुरक्षित स्थानमा सारिएको हो । नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरूको स्वदेश फिर्तीको लागि राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिस्ट्रेसनमा ३५० भन्दा बढीको विवरण प्राप्त भएको दूतावासले जनाएको छ । उनीहरूको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया सुरु गरिएको दूतावासको दाबी छ ।

हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जनाइएको छ । हराइरहेका एक जनाको खोजी कार्यका लागि प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तीव्र पारिएको पनि दूतावासले जनाएको छ । इजरायलमा रहेका नेपाली नागरिकलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न भनिएको छ ।

तपाईको प्रतिक्रिया