Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको बताएको छ । युक्रेनी सेनाले दक्षिणी खेर्सान, माइकोलाइभ र ओडेसामा २७ वटा ‘साहेद–१३६-१३१’ ड्रोन खसालेको मेसेज प्लेटफर्म टेलिग्रामलाई बताएको छ ।

समग्रमा मस्कोले क्रिमिया प्रायद्विपबाट इरानमा निर्मित ३६ वटा ड्रोन हमला गरेको युक्रेनी सेनाले जनाएको छ । सन् २०१४ मा युक्रेनी भूभाग क्रिमियालाई रुसले आफूमा गाभेको थियो । अन्य नौ ड्रोनले कुन लक्ष्यमा हमला गरेको थियो भन्नेबारे सेनाले केही बताएको छैन ।

माइकोलाइभका गभर्नर भितालिए किमले आफ्नो क्षेत्र एउटा ड्रोन ध्वस्त भएको टेलिग्रामलाई जानकारी दिए । गत जुलाईमा कृष्ण सागरमार्फत खाद्यान्न ढुवानीका लागि सुरक्षित मार्गको अनुमति दिने सम्झौताबाट युक्रेन बाहिरिएपछि रुसले दक्षिणी युक्रेनका बन्दरगाहरूमा आक्रमणलाई बढाएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया