Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले इजरायल घटनासम्बन्धी उद्धारका काम सरकारले गम्भीर भएर गर्नुपर्ने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेता पुनले यस्तो बताएका हुन् ।

उनले धैयर्तापूर्वक, विवेक पु-याएर नागरिकको सुरक्षामा सरकार लाग्नुपर्ने बताए । ‘हामीले धैयर्तापूर्वक, विवेक पु¥याएर नागरिकको सुरक्षा गर्ने, त्यहाँ निधन भएकाको शव देशमा ल्याउने र अझै सम्भावित घटना नियाल्नुपर्छ। यो राज्यकै तयारीको काम हो। अहिले यो घटनालाई सुरुवात भनिएको छ। हिजो मात्रै पनि सर्वदलीय बैठक बसेर सबै दलले सरकारलाई सहयोग छ, दल विशेष हुँदैन भन्नुभएको छ,’ उनले भने, ‘सरकारले आफ्नो तर्फबाट गर्ने काम गम्भीर भएर गर्नुपर्छ। अफ्ठ्यारो अवस्थामा सरकारसँग नै अपेक्षा गरिन्छ। अहिले राज्यको त्यो भुमिका नागरिकले अपेक्षा गरेका छन् । यसमा संयमित ढंगले प्रतिनिधित्व गर्नुपर्छ ।’

सांसद पुनले जनताले राज्यसँग अभिभावकको भुमिकाको अपेक्षा गरेको पनि बताए । अफ्ठ्यारो अवस्थामा सरकारसँग नै अपेक्षा गर्ने भएकाले सरकारले पीडितको उद्धारमा आवश्यक ध्यान दिन जरुरी रहेको पुनको भनाई छ ।

तपाईको प्रतिक्रिया