Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्यालेस्टाइनी अतिवादी समूह र इजरायलका बिचमा युद्ध जारी छ । गत शनिबार अचानक हमास समूहले इजरायली भूमिमा अचानक र अप्रत्याशित आक्रमण गरे पछि सुरु भएको सो युद्धमा दुवै तर्फ गरी अहिलेसम्म करिब १५ सय मानिस मारिएका छन् ।

इजरायलले ‘हमासले सुरु गरेको युद्धको अन्त्य आफूले गर्ने’ जनाउने तथा हमासले भने गाजामा थप आक्रमण गरे आफूसँग बन्धक रहेका इजरायली अधिकारी तथा सर्वसाधारणलाई एक एक गरी हत्या गर्ने चेतावनी दिइरहे पछि सो युद्धमा मारिनेहरूको संख्या अझै बढ्न सक्ने देखिएको छ । यो युद्ध कहिल्यै अन्त्य हुनेछ ? भन्ने अहिले भन्न सकिने अवस्था छैन, दुवैतर्फका चेतावनी हेर्दा यो युद्ध अझै अघि बढ्ने निश्चित जस्तै छ ।

यसै बिच सो युद्धमा परेर १० जना नेपालीले ज्यान गुमाइसकेका छन् भने धेरैजना घाइते भएका छन् । सो युद्धमा कतैपनि सहभागी नभएका ५० जना विदेशीले पनि अनाहकमा ज्यान गुमाएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । हमासको आक्रमणमा मारिने विदेशीको संख्या अहिलेसम्म करिब ५० पुगेको छ । यस अवधिमा करिब ८० जना या त हराइरहेका छन् वा बन्धक बनाएका छन् ।

१- थाइल्याण्ड: १२ जनाको मृत्यु, ११ बन्धक
२- अमेरिका: ११ जनाको मृत्यु, अन्य बेपत्ता
३- नेपाल: १० जनाको मृत्यु
४- अर्जेन्टिना: ७ जनाको मृत्यु, १५ बेपत्ता
५- युक्रेन: २ जनाको मृत्यु
६- फ्रान्स: २ जनाको मृत्यु, १४ बेपत्ता
७- रुस: १ जनाको मृत्यु, ४ बेपत्ता
८- बेलायत: १ जनाको मृत्यु, १ बेपत्ता
९- क्यानडा: १ जनाको मृत्यु, ३ बेपत्ता
१०- कम्बोडिया: १ जनाको मृत्यु
११- जर्मनी: बन्धकहरू (संख्या नखुलेको)
१२- ब्राजिल : ३ बेपत्ता
१३- चिली : २ बेपत्ता
१४- इटाली: २ बेपत्ता
१५- पाराग्वे: 2 बेपत्ता
१६- पेरु: २ बेपत्ता
१७- तान्जानिया: 2 बेपत्ता
१८- मेक्सिको: २ बन्धक
१९- कोलम्बिया: २ बन्धक
२०- फिलिपिन्स: १ बन्धक, ६ बेपत्ता
२१- पनामा: १ बेपत्ता
२२- आयरल्याण्ड: १ बेपत्ता

तपाईको प्रतिक्रिया