Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौं – जापान पठाइदिन्छु भन्दै तीन जनाबाट १७ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । म्याग्दी रघुगंगा गाउँपालिका -१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ५८ वर्षीय दुर्गाबहादुर भट्टचन पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो तारकेश्वर डाडाँगाउँबाट पक्राउ गरेको हो । उनीविरूद्ध पूर्ण विश्वकर्मासहित ३ जनाले वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै १७ लाख २५ हजार रूपैयाँ ठगी गरेको आरोपमा अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । भट्टचनलाई थप अनुसन्धानका तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया