Deneme Bonusu Veren Siteler
बुधबार, साउन ०९, २०८१
Wednesday, July 24, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं –  शनिवार बिहान इजरायलमा भएको हमासको आक्रमणमा परि घाइते भएका दाङका प्रविण डाँगीको शल्यक्रिया सफल भएको छ । इजरायलको एउटा अस्पतालमा गरिएको शल्यक्रिया सफल भएको डाँगी आफैंले भिडियो सन्देशमार्फत दिएका छन् । अस्पतालको बेडबाटै उनले भिडियोमा आफ्नो शल्यक्रिया सफल भएको तथा आफू स्वस्थ्य हुँदै गएको खबर आफ्नो घरसम्म पुर्याइदिन आग्रह गरेका छन् ।

डाँगीले आफ्नो दाङस्थित परिवारका सदस्यको मोबाइल नम्बर दिँदै भनेका छन् –‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’ दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर भई इजरायलमा रहेका २२ वर्षीय प्रविण डाँगीलाई खुट्टामा गोली लागेको थियो । उनी गत भदौ २६ गते बीएस्सी एजी पढेर थप ११ महिने अध्ययनका लागि इजरायल पुगेका थिए । प्रविणको अपरेसन सफल भएपछि उनले बुवा निमबहादुर डाँगीलाई समेत फोन सम्पर्क गरेको बताइएको छ ।

 

 

तपाईको प्रतिक्रिया