Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – बलिउड अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार खानको चलचित्र ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले ज्यान मार्ने धम्की दिएको मुम्बई प्रहरीलाई सूचना प्राप्त भएको हो ।

‘द टाइम्स अफ इन्डिया’का अनुसार ज्यान मार्ने धम्कीपछि अभिनेता खानलाई मुम्बई प्रहरीले ‘वाई प्लस’ सुरक्षा प्रदान गर्ने भएको छ । यसअघि लरेन्स विस्नोईको गिरोहले धम्की दिएपछि सलमान खानलाई वाई प्लस सेक्युरिटी दिइएको थियो ।

केही मिडिया रिपोर्टहरूमा खान आफैँले यसबारे उजुरी गरेका थिए, त्यसपछि उनको सुरक्षा बढाउने निर्णय गरिएको उल्लेख छ । वाई प्लस सुरक्षामा ६ जना व्यक्तिगत सुरक्षा अफिसरका साथै ५ प्रहरी हतियारसहित २४ सै घण्टा खानको साथ रहनेछन् । अहिलेसम्म खानको सुरक्षामा मुम्बई प्रहरीका दुई कन्सटेबल हरेक समय उनको साथमा रहन्थे ।

 

तपाईको प्रतिक्रिया