Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाले नेपाली राजदूतावासमा आवेदन दिएको जानकारी गराएका छन् । दुतावासका अनुसार नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि अनलाइन रजिष्ट्रेशन सुरु भई दुई सय भन्दा बढीको विवरण प्राप्त भइसकेको अवस्था छ।

त्यस्तै दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समुहको आक्रमणबाट दुखद निधन भएका १० जना नेपालीहरुको शव फिर्ता गर्नका लागि राजदूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको दुतावासले उल्लेख गरेको छ।

दुतवासले भनेको छ ‘४ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने दुई जना तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको छ। साथै, सम्पर्क विहिन रहेका एक जना नेपालीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तिब्र गरिएको छ ।’ इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न दुतवासले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया