Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024

समाचार सुन्नुहोस् :

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलकाे यात्रा नगर्न अनुरोध गरेको छ । हिजो सोमबार बेलुका मन्त्रालयले सूचना निकालेर श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अनुरोध गरेको हो ।

भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय भोलि बुधबार बिहान १ बजे तय भएको थियोे । तर इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण तनाव सिर्जना भएको छ। जसकारण १० जना नेपाली विद्यार्थीहरूको ज्‍यान समेत गएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका लगभग सबै नेपालीलाई सुरक्षित ठाउँमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया