Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ — सन् १९६४ मा आजकै दिन (अक्टोबर १०) मा जापानमा ओलम्पिक खेल सुरु भएको थियो । जापानको राजधानी टोकियोमा अक्टोबर १० देखि २४ सम्म चलेको प्रतियोगितामा एक सय ६३ इभेन्टमा ५ हजार १ सय ५१ खेलाडी प्रतिस्पर्धामा उत्रिएका थिए ।

तीमध्ये ४ हजार ४ सय ७३ पुरुष र ६ सय ७८ जना महिला थिए । प्रतियोगितामा ३६ स्वर्ण, २६ रजत र २८ कांस्य गरी ९० पदकसहित अमेरिका प्रथम भएको थियो । त्यस्तै, ३० स्वर्ण, ३१ रजत र ३५ कांस्यसहित ९६ पदक जितेको सोभियत संघ दोस्रो भएको थियो । आयोजक जापानले १६ स्वर्ण, ५ रजत र ८ कांस्य गरी २९ पदक जित्दै तेस्रो स्थान ओगटेको थियो । जर्मनीको संयुक्त टोली चौथो, इटाली पाँचौं र हंगेरीले छैटौं स्थान हासिल गरेका थिए ।

 

तपाईको प्रतिक्रिया