Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

नागोया – जनप्रगतिशील मञ्च जापानले क्षेत्रीय समितिको अधिवेशनहरू सम्पन्न गर्ने क्रममा गत आइतबार नागोयाको च्युबू-मिए क्षेत्रीय समितिको ५औँ अधिवेशन सम्पन्न गरेको छ । प्रवास समन्वय समिति सदस्य डा. भूपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले रञ्जित गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।क्षेत्रीय समितिको उपाध्यक्षमा दिनेश लामा, दावा शेर्पा, किरण तिवारी, मनोज अधिकारी र वैकुण्ठ गौतम चयन भएका छन् । सचिवमा अनिल अधिकारी र सहसचिवमा नवराज लामिछाने, रञ्जित राना तथा चेली थापा निर्विरोध चयन हुँदा  कोषाध्यक्षमा दीनानाथ गौतम, सहकोषाध्यक्षमा बोम गुरुङ र हिरामणी राई चुनिएको समितिले जनाएको छ ।समितिको सदस्यमा पासाङ फूटी लामा, प्रकाश लामा, रुम्बा कपेन्द्र, मालती तामाङ, रबीना न्यौपाने, राजन भट्टराई, सुनीता खनाल, पुष्पा पूरी, सुष्मा विश्वकर्मा र राजेश भारती चयन भएका छन् ।मञ्चको केन्द्रीय लेखा, अनुगमन तथा अनुशासन आयोगका सदस्य सन्देश पोखरेल संयोजक र क्षेत्रीय सल्लाहकारद्वय काशीराम आचार्य, गंगाघर्ती मगर सदस्य रहेको निर्वाचन मण्डलले २ सदस्यपछि मनोनीत गर्ने गरी २७ सदस्य नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।अधिवेशन उद्घाटन सत्रमा विशेष अतिथिहरू एनआरएन आईसीसी उपाध्यक्ष रोविन्द श्रेष्ठ (गोविन्द), जनप्रगतिशील मञ्च जापानका कार्यवाहक अध्यक्ष मोहन पौडेल, इन्चार्ज रामहरि पुडासैनी, मञ्चका सल्लाहकार शालिकराम भण्डारी, उपाध्यक्ष श्यामहरी पाण्डेलगायतले शुभकामना मन्तव्य राखेका थिए । विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै प्रवासी एकता मञ्च नागोयाका अध्यक्ष नरेश राई, आदिवासी जनजाति महासंघकी प्रमिला राईले मञ्चको अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । अधिवेशन आयोजक समितिका संयोजक हरिदोङ तामङको सभापतित्वमा सम्पन्न अधिवेशनको सञ्चालन रञ्जित गौतमले गरेका हुन् ।

तपाईको प्रतिक्रिया