Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कालो मोसो दलिएको छ । एल्लो प्यागोडा होटेल परिसरमा प्रसाईँलाई एमालेको एक समूहले कालो मोसो दलेको हो ।

प्रसाईँका सहयोगी दिपक खड्काका अनुसार एमालेका कार्यकर्ताले कालो मोसो दलेका हुन् । उनले पत्रकार सम्मेलन गर्न एल्लो प्यागोडा जानेक्रममा गाडीबाट उत्रँदै गर्दा कालो रङ्ग हालेको पोका गाडीमा फ्याकेका थिए । त्यस क्रममा प्रसाईँलाई लागेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले पनि प्रसाईँमाथि दुर्व्यवहार भएको बताएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए ।

प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका थिए । गत फागुन १३ गते चितवनमा कालोमोसो दस्ताको केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया