Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

टोकियो – टोकियोस्थित नेपाली राजदूतावासले घुम्ती सेवा दिने भएको छ । राजदूतावासले, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानसँगको सहकार्यमा राहदानी तथा कन्सुलर सेवा दिने उद्देश्यले घुम्ती सेवा सञ्चालन गरिने भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानका ८ शहरमा बसोबास गर्ने नेपालीहरूले आफू बसेकै ठाउँमा राहदानी र कन्सुलरसहित दूतावासले प्रदान गर्ने सेवाको लाभ लिनसक्नेछन् । दूतावासले सोमबार जारी गरेको सूचनाअनुसार होक्काइदोमा नोभेम्बर ४ र ५ तारिख, नागोयामा डिसेम्बर २, ३ र ४ तारिख, फुकुओकामा जनवरी १३, १४ र १५ तारिख, ओशाकामा फेब्रुअरी १०, ११ र १२ तारिख, गुम्वाकेनमा मार्च २०२४, ओकिनावामा अप्रिल २०२४, फुकुसिमामा मे २०२४ र तोचिगी जुन २०२४ घुम्ती सेवा सञ्चालन हुने भएको छ ।

घुम्ती सेवामा राहदानीको अवधि एक वर्ष भन्दा कम भएको, जापानमा जन्मेका बच्चाको र हराएको राहदानी बनाउने प्रक्रिया गर्न सकिनेछ भने अधिकृत वारेशनामा प्रमाणीकरण, यात्राअनुमतिपत्र, कागजात प्रमाणीकरण लगायतका सेवाहरु उपलब्ध हुनेछन्‌ । ‘काबु बाहिरको परिस्थिति आइपरेमा माथि उल्लेखित मितिमा हेरफेर हुनसक्नेछ र हेरफेर भएमा सो को जानकारी यथाशीघ्र गराइनेछ,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

तपाईको प्रतिक्रिया