Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारका परराष्ट्र मन्त्री एनपी साउँदले इजरायल मा रहेका नेपाली विद्यार्थी सँग कुराकानी गरेका छन् । आइतबार १० जना विद्यार्थीको मृत्युको खबर आएसँगै मन्त्री साउँदले इजरायलको बंकरमा लुकिबसेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका हुन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा भिडियो कन्फ्रेन्स मार्फत सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना मध्य इजरायल र प्लेस्टाइनको युद्ध ग्रस्त क्षेत्रमा बंकरमा लुकिरहेका ८ जना विद्यार्थीहरूसँग कुरा गर्दै सरकार उद्धारका लागि तयारी अवस्थामा रहेको र नेपाल स्थिति इजरायल राजदूतावास र इजरायलमा रहेको नेपाली दूतावास सँग बारम्बार सम्पर्कमा रहेको भन्दै विद्यार्थीहरूलाई नआत्तिन र संयमित भएर सुरक्षित रहन आग्रह गरे । विद्यार्थीहरूले बंकरमा खाना तथा पानीको अभाव भएको भन्दै सरकारलाई छिटो उद्धार गर्न आग्रह गरेका छन् । मन्त्री साउँदले भने, ‘उद्धारका लागि राष्ट्रिय ध्वजावाहक विमान तयारी अवस्थामा छ, बंकरमा रहेका विद्यार्थीलाई सुरक्षित रूपमा बाहिर निकाल्न सक्ने स्थिति बने, लिन जान्छौँ ।’

इजरायलस्थिति नेपाली दूतावास इजरायल मा रहेका नेपालीहरूको विवरण र अवस्था सकलमा लागेको जनाउँदै मन्त्री साउँदले विद्यार्थीहरूलाई दूतावासको सम्पर्क जान र आफ्नो स्थितिका बारेमा निरन्तर जानकारी लिन अनुरोध गरे । इजरायलस्थित नेपाली राजदूत कान्ता रेग्मीले इजरायलमा रहेका नेपालीको सुरक्षामा इजरायल सरकारसँग बारम्बार कुरा भएको भन्दै उनले आवश्यक सुरक्षा अपनाएर सबैको सुरक्षितसाथ उद्धार गर्नेमा लागिपरेको बताएकी छन् ।

आइतबार इजरायलमा भएको पेलिस्टाइनी आक्रमणमा परि सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भइसकेको छ । सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थी सहित, नेपाल वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका करिब ९० जना विद्यार्थी प्रयोगात्मक अध्ययनका लागि इजरायल गएका छन् ।

तपाईको प्रतिक्रिया