Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इजरायलमा जारी द्वन्द्वले समस्यामा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन दिउँसो मन्त्रिपरिषद् र सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद् डाकेका हुन् ।

मन्त्रिपरिद् बैठक लगत्तै सोमबार साँझ ५ बजे प्रधानमन्त्रीले सर्वदलीय बैठक पनि बोलाएका प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिएका छन् । बैठकले इजरायलमा त्रासमा बसिरहेका नेपालीलाई स्वदेश फर्काउनेबारे आवश्यक निर्णय गर्नेछ ।

इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउद संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक पनि अहिले परराष्ट्र मन्त्रालयमा बसिरहेको छ । इजरायलमा रहेका ४,७६५ नेपालीमध्ये हमासको हमलामा परी १० जनाको मृत्यु भइसकेको छ । सरकारका अनुसार मृतक सबै विद्यार्थी हुन् ।

तपाईको प्रतिक्रिया