बुधबार, मंसिर २०, २०८०
Wednesday, December 6, 2023

समाचार सुन्नुहोस् :

काठमाडौँ – दशैंमा घर जाने यात्रुका लागि आज (सोमबार)देखि अग्रिम टिकट बुकिङ सुरु भएको छ। गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको सहमति अनुसार आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार यस विषयमा छलफल भएको थियो। हरेक वर्ष दशैं, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ। हरेक वर्ष दशैं, तिहार तथा छठ पर्वका लागि राजधानी काठमाडौंबाट १० लाख यात्रु बाहिरिने गरेका छन्। एकैपटक यात्रुको चाप बढ्ने भएकाले व्यवस्थापनका लागि दशैंअघि अग्रिम टिकट बुकिङ खोल्ने गरिएको छ।

 

तपाईको प्रतिक्रिया