Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका छन् । आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सबै छात्र हुन् । ती विद्यार्थीहरूको शनिबार दिउँसोबाट नेपाली दूतावाससँग सम्पर्क टुटेको इजराइलका लागि नेपाली राजदूत कान्ता रिजालले बताइन् । ‘आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको नामसहित खबर पाएँ । उनीहरूको शवलाई कसरी व्यवस्थापन गर्ने, नेपाल पुर्‍याउन के गर्ने छलफल भइरहेको छ,’ उनले भनिनु, ‘नेपालीमात्रै होइन इजरायलीसहित अन्य देशका सयौँ नागरिकले बम बाढीमा परेर ज्यान गुमाएका छन् ।’

अर्न एन्ड लर्न प्रोग्रामका लागि गत भदौमा सेदोत नेगेभ क्षेत्रमा ४९ नेपाली विद्यार्थी गएका थिए । तीमध्ये १७ जना प्रत्यक्ष आक्रमणमा परेको र अन्य ३२ जना बंकरमा पस्न सफल भएको बताइएको थियो । यसरी गएकामा सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ब्याचलर आठौँ सेमेस्टरका विद्यार्थी हुन् । उनीहरू सोतेन नेगेभ कृषि तलिम केन्द्रको अलगअलग फार्ममा कार्यरत थिए । इजरायलमा भिसा नरहेका बाहेक दुई सय ५० नेपाली कषि क्षेत्रमा छन् भने चार हजार तीन सयभन्दा बढी केयर गिभर छन् ।

नेपालस्थित इजरायली र इजरायलस्थित नेपाली दूतावासले आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । घाइते विद्यार्थीमध्ये चार जनालाई अस्पताल लगिएको त्यहाँस्थित एक नेपालीले जानकारी दिए । एक जना भने बंकरमै छन् । इजरायलका हरेक घरमा बंकर बनाइएको हुन्छ । युद्ध वा बमबारी सुरु भएलगत्तै सबै बंकरमा गएर बस्ने चलन छ । हराएका भनिएका व्यक्ति मोबाइलको चार्ज सकिएर पनि सम्पर्कमा नआएको आशंका इजरायलस्थित नेपाली दूतावासका अधिकारीले गरेका छन् ।

त्यो गाँजा क्षेत्रबाट नजिक रहेको स्थान यतिबेला हमास लडाकुको नियन्त्रणमा छ । रकेट आक्रमण रोकिएको छैन । इजरायलले पनि जवाफी आक्रमण गरिरहेको छ । हमास विद्रोहीहरू मोटरसाइकल र प्यारासुटमार्फत इजरायली भूमिका प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । इजरायलमा यस्ता घटना फाट्टफुट्ट भइरहे पनि यसरी नेपाली नै आक्रमणमा परेको पहिलोपटक हो ।

तपाईको प्रतिक्रिया