Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ९ किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने सुझाव दिएको छ । सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको राय प्रतिवेदनमा सीआइबीले महराविरुद्ध मुद्दा चलाउन नपर्ने राय दिएको हो ।

गत पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिकले ७३० वटा भेप (इलेक्ट्रिक चुरोट)मा ९ किलो सुन भित्रिएको थियो । त्यो सुन भन्सारको कोठाबाट चोरी गरी बिक्री गरिएको थियो । यो प्रकरणमा महरा र उनका छोरा राहुलको नाम पनि मुछिएको थियो । सुन ल्याउने चिनियाँ नागरिकसँग महरा बाबुछोराको सम्पर्क देखिए पनि उनीहरुलाई अनुसन्धानको दायरामै नल्याइएपछि सीआईबी र सरकारको आलोचना हुँदै आएको छ ।

प्रतिवदेन बुझाएको २ महिनापछि सीआइबीले पुनः अनुसन्धान थालेर राहुललाई नियन्त्रणमा लिएको थियो । तर पूर्व सभामुखसँग सामान्य सोधपुछ मात्रै गरेको थियो । प्रहरीले बुझाएको प्रतिवेदनमा राहुलसहित तीन जनाविरुद्ध भने मुद्दा चलाउन राय दिइएको छ ।

यो प्रकरणमा यसअघि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्‍नेत, सुरक्षा गार्ड निर्मल विक, सुन व्यापारी वेदप्रसाद अग्रवाल र साहेव राव पाण्डुङ मरग साउन २ गतेदेखि पुर्पक्षका लागि कारागारमा छन् । केही अभियुक्त भने फरार छन् । भेपमा ९ किलो सुन भित्र्याएका २ जना चिनियाँ नागरिक भने हालसम्म फरार छन् ।

तपाईको प्रतिक्रिया