Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भीम रावलको खोजी भएको छ । आइतबार धनगढीमा सुरु भएको एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशनमा रावलको खोजी भएको हो ।

एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावललाई अधिवेशनमा आमन्त्रण नगरेर उनी उपस्थित नभएपछि उनका समर्थकले खोजी गरेका हुन् । ओलीले अधिवेशन कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला पछाडिबाट केही युवाहरूले भीम रावल खोइ ? भन्दै प्रश्न गरेका थिए । तर ओलीले भने चुप लाग्नुस् साथीहरू भन्दै थप नबोली अर्कै प्रसङ्गलाई अगाडि बढाएका थिए ।

अछामका रावल अहिले गृहजिल्लामै छन् । एमालेको दशौँ महाधिवेशनपछि पार्टीमा जिम्मेवारीविहीन रहेका रावललाई अहिले पनि पार्टीले जिम्मेवारी दिएको छैन ।

तपाईको प्रतिक्रिया