Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इजरेलको जारी युद्धमा परेर घाइते भएका नेपालीका परिवारले सरकारलाई छिटो उनीहरूको उद्धार गर्न माग गरेका छन् । इजरेलमा गरिएको आक्रमणमा नेपालबाट ‘लर्न एन्ड अर्न कार्यक्रम’ अन्तर्गत कृषि अध्ययनका लागि गएका नेपाली विद्यार्थी कामहरू पनि परेका विवरण आएका छन् ।

गैर आवासीय नेपाली सङ्घका अनुसार सेदोट नेगेभ कृषि केन्द्रमा प्रयोगात्मक अध्ययन एवं रोजगारीमा पुगेका नेपालीहरू घाइते भएका हुन् । घाइते भएका नेपालीहरू मध्ये २५ वर्षका गणेशकुमार नेपाली पनि भएको तेल अभिभस्थित नेपाली राजदूतावासले पुष्टि गरेको छ । उनका दाजु विकास नेपालीले भने, ‘अहिले हाम्रो एउटै उद्देश्य भनेको उसको अवस्था के छ भन्ने जाने हो । अरू उद्देश्य केही छैन । उसको अवस्था जान्ने र सही अवस्थामा भएको भए सरकारले छिटो भन्दा छिटो उद्धार गरोस् र नेपालमा फिर्ता गरोस् । त्यति भए हामीलाई पुग्छ। ’

उनी अहिले धनगढीमा छन् भने उनका आमाबुवा बझाङको दुर्गम गाउँमा बसोबास गरिरहेका छन् । उनले थपे, ‘टीकापुर बहुमुखी क्याम्पसबाट कृषि विज्ञानमा स्नातक तह उत्तिर्ण गरेपछि २६ दिनअघि मात्रै भाइ इजरेल गएको हो । आक्रमण हुनुभन्दा २४ घण्टाअघि मसँग कुरा भएको थियो । त्यतिबेला घरपरिवारको, कलेजको अनि अर्को भाइको पढाइको विषयमा कुरा भयो । घरायासी विषयमा कुरा भयो । त्यहाँ भूकम्प आएछ के कस्तो छ भनेर सोधेको थियो, मैले केही क्षति भएको छैन भने ।’

हुलाकमा कार्यरत विकासले आफ्नो आमाबुवाले भाइको अवस्थाबारे सोधिरहेको बताए । उनले भने ‘मैले घरमा सान्त्वना दिएको छु । विद्यार्थीहरूलाई बङ्करभित्र राख्ने प्रयास गरिएको छ र त्यहाँ भित्र उनीहरू सुरक्षित छन् भनेको  छु। चिन्ता नगर्नुहोला । पछि म आएपछि सबै कुरा बताउँछु भनेको छु ।’

तेल अभिभस्थित नेपाली राजदूतावासका एक जना उच्च अधिकारीले आफूहरू नेपालीका परिवारसँग सम्पर्कमा रहेको भए पनि अझै प्रभावितहरूको अवस्थाबारे वास्तविक विवरण लिने प्रयासमा नै रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले गाजा क्षेत्र नजिकै रहेको एउटा कृषि फर्ममा काम गर्दै सिक्ने योजना अन्तर्गत रहेका १७ जना नेपालीमध्ये तीन जना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र दुई जना सकुशल रहेको जानकारी दिएका छन् ।

उनले १२ जना नेपालीहरू भने सम्पर्कविहीन रहेको जानकारी सदनलाई गराए र केही नेपाली हताहत भएको पनि हुनसक्ने बताए । परराष्ट्रमन्त्रालयले शनिवार साँझ एउटा विज्ञप्ति जारी गर्दै १४ जना कामदार कार्यरत एउटा कृषि फर्ममा आक्रमण भएको र त्यसमा ९ जना घाइते भएका विवरण आएको जनाएको थियो ।

तपाईको प्रतिक्रिया