Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – इरानको सीमा नजिकै रहेको पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १२० जनाको मृत्यु भएको छ ।
शनिबार हेरात प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। इरानसँग सीमा जोडिएको सो क्षेत्रमा भूकम्पमा परी एक हजार भन्दा बढी घाइते भएका छन्।

धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, मानिसहरूलाई भग्नावशेषमा फसेका छन् र त्यहाँ कम्तिमा तीनवटा शक्तिशाली अफ्टर शक्सहरू महशुश गरिएको थियो । फिसका भवनहरू पहिले हल्लिए र त्यसपछि तिनीहरूको वरिपरि ढलेका थिए । उनीहरुले त्यो अवस्था आतंकबादी आक्रामण झै महशुश गरेको बताएका छन । प्रान्तका प्रकोप व्यवस्थापन प्रमुख मोसा अशारीले पत्रकारहरूलाई भने, ‘अहिलेसम्म हाम्रो रेकर्डमा १,००० भन्दा बढी घाइते महिला, बालबालिका र वृद्ध नागरिकहरू समावेश भएका छन् र करिब १२० जनाले ज्यान गुमाएका छन्।’

सो भुकम्पले पुरयाएको क्षतिका बारेमा विस्तृत बिबरण आउन बाँकी रहेको छ ।

 

तपाईको प्रतिक्रिया