Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – एनआरएनए जापानको सहकार्यमा नेपाली दूतावासले घुम्ती सेवा सञ्चालन गर्ने भएको छ । नेपाली दूतावासद्वारा प्रदान गरिने सेवालाई जापानमा रहेका नेपाली माझ छिटो छरितो, सहज सरल र पहुँच योग्य बनाउन निकट भविष्यमै एनआरएनए जापानसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिने जापानस्थित राजदूतावासले जनाएको हो ।

जापानमा नेपालीको संख्या बढिरहेको र सेवालाई जनमुखी र पहुँच योग्य बनाउनका लागि गत वर्षको सिकाई र अनुभवका आधारमा यस वर्ष पनि घुम्ती सेवा सञ्चालन सञ्चालन गरिने दूतावासले बताएको छ । पहिले घुम्ती सेवा सञ्चालन गरेका केही क्षेत्रमा यस वर्ष पनि निरन्तरता दिँदै थप केही क्षेत्रमा यस वर्ष सेवा विस्तार गरिने दूतावासले जनाएको हो ।

एनआरएनए जापानको सहकार्यमा गरिन लागेको उक्त घुम्ती सेवाको मिति तय भई नसके पनि तत्काल नै गरिने तयारीमा दूतावास रहेको बताइएको छ । बताइए अनुसार यस वर्ष होक्काइदो सापोरो चिवा क्षेत्र थप गरिने भएको छ भने फुकुओका, नागोया र ओसाकालाई निरन्तरता दिइने भएको हो ।

दूतावासले नेपालीलाई सहयोग र सेवा लिन सहज होस भन्ने उद्देश्यले राहदानी वितरणलाई टोकियोमा सप्ताहव्यापी रूपमा गर्ने सोच रहेकोले यसको यसको आवश्यक तयारीमा दूतावास रहेको राजदूत डा दुर्गाबहादुर सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया