Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परेर मृत्यु हुनेको संख्या २ सय ५० नाघेको छ । शनिबार विद्रोही समूह हमासले इजरायली शहरलक्षित सयौं रकेट आक्रमण गरेको थियो । सो आक्रमणमा अहिलेसम्म २ सय ५० जनाको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमासले गाजापट्टी क्षेत्रबाट इजरायलमाथि रकेट आक्रमण गरेसँगै इजरायल पनि जवाफी कारबाहीस्वरूप हवाई आक्रमणमा उत्रेको छ ।

इजरायलले गाजापट्टीमा गरेको हवाई आक्रमण बाट २ सय ३० जना मारिएको प्यालेस्टिनी अधिकारीहरूले जनाएका छन् । इजरायली सेनाले गरेको व्यापक हवाई आक्रमणमा एक हजारभन्दा बढी मानिस घाइते भएका छन् ।हमासको आक्रमणविरुद्ध इजरायलले जवाफी कारबाही अगाडि बढाएसँगै गाजापट्टीको अवस्था तनावपूर्ण बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको आक्रमणलाई कालो दिनको संज्ञा दिँदै त्यसको बदला लिएरै छाड्ने चेतावनी दिएका छन् ।इजरायली सेनाले २२ स्थानमा आतंकवादी समूहविरुद्ध संघर्ष गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया