Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

धनगढी – त्रिभुवन विश्वविद्यालयले ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) कार्यक्रमको पाठ्यक्रम संशोधन भएको छ । पाठ्यक्रम संशोधन भएसँगै अब स्नातक तहमा होटल म्यानेजमेन्टको इन्टर्नसिपका लागि गएपछि फर्कनु नपर्ने भएको छ ।

अब पढाई ३ वर्ष सैद्धान्तिक पछि लगातार १ वर्ष इन्टर्नसिप हुनेछ । उक्त इन्टर्नसिप अवधि पूरा भएसँगै त्यही जागिर गर्न सकिने भएको छ । यसअघिको पाठ्यक्रम अनुसार विद्यार्थीहरू विदेशमा इन्टर्नसिप गइसकेपछि पुनः फर्किएर थप एक सेमिस्टर अध्ययन गर्नुपर्थ्यो । अब भने लगातार ३ वर्ष पढेपछि विद्यार्थीहरू सिँधै इन्टर्नसिपमा जान सक्नेछन् । उनीहरू फर्कनु पढ्दैन । इन्टर्नसिप सकाएर उतै जागिर गरेर बस्न सक्छन् ।

सुदूरपश्चिममा त्रिविको बीएचएम अध्ययन हुने धनगढीको एसपीए कलेज एकमात्रै शैक्षिक संस्था हो । त्रिविको नयाँ पाठ्यक्रमले विद्यार्थीलाई ठूलो लाभ मिलेको एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले बताए । ‘पहिलेको पाठ्यक्रमले पढाईंकोबीचमा इन्टर्नसिप हुने र तारे होटलहरुमा आकर्षक इन्टर्नसिपको अवसर पाउँदा पनि फर्केर पुनः पढाई सक्नुपर्ने बाध्यता थियो,’ भण्डारीले भने, ‘नयाँ संशोधित पाठ्यक्रम अनुसार अब विद्यार्थी फर्कनुपर्दैन । यही ३ वर्ष अध्ययन सकेर विदेश जाने र उतै रोजगारीको सुनिश्चितता हुने भएको छ ।’

एसपीएमा अध्ययनरत विद्यार्थीहरू हाल अमेरिका, दुबई, कतार, बहराइन, मलेसिया, मालदिभ्स, भारत र नेपालकै विभिन्न फाइभस्टार होटेलहरुमा पेड इन्टर्नसिप पाइरहेका छन् । यस्ता इन्टर्नसिपले विद्यार्थीहरूलाई कम्तीमा पढ्दापढ्दै विद्यार्थीहरूले आफ्नो शैक्षिक शुल्क आफै तिर्न सक्ने बनाउने र भविष्य सुनिश्चित गरिदिने बनाएको छ ।

हाल एसपीए कलेजमा नयाँ शैक्षिक शत्रका लागि भर्ना कार्यक्रम चलिरहेको भण्डारीले जनाए । १२ मा जुनसुकै विषय अध्ययनरत विद्यार्थीहरूले बीएचएम अध्ययन गर्न पाउँछन् ।

तपाईको प्रतिक्रिया