Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले आज शनिबार विश्वासको मत लिन लागेका हुन् । उमुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउने अवस्था अहिले नै नदेखिएको भन्दै शनिबार विश्वासको मत दिन प्रदेश सभामा आह्वान गर्ने बताए ।

कार्कीले विश्वासका मत लिने तयारी गरिरहदा कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली काग्रेंसले कार्कीलाई विश्वासको मत नदिने निणर्य गरेको कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राइले बताएका छन् । उनले मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउदा अर्को व्यवस्था अनुसार बहुमत सदस्यको हस्ताक्षर सहित गठबन्धनको सरकार बनाएर नै जाने बताए ।

निर्वाचनमा सहकार्य गर्दै र नेकपा एमालेसँग सत्ता साझेदार गर्दै आएको राप्रपाका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि नेकपा एमालेले बहुमत पुर्‍याउने भएमा समर्थन गर्न सकिने यसअघि नै बताएका थिए । यसअघि प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्र्कीले ४६ मत पाएका थिए । तर यस पटक उपसभामुखले मत हाल्न नपाउने अवस्थामा एमालेसँग ३९ मत मात्रै रहनेछ । त्यसका लागि गठबन्धन दल नेपाली काँग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ मत रहेका कुनै एक दललाई आफूतिर तान्नु पर्ने बाध्यता रहेको छ । जसपाको १ मत तानेर पनि एमालेले विश्वासको मत पुर्‍याउन नसक्ने अवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया