बुधबार, आषाढ ०५, २०८१
Wednesday, June 19, 2024

काठमाडौं – ६१ किलो सुन प्रकरण २५ जना कारागार चलान भएका छन् । भन्सार एजेन्ट रुक्मिना सुब्बासँग ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले १९ दिन लामो सुनुवाइपछि यस्तो आदेश दिएको हो ।

भदौ ३१ गते सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २९ जनामाथि मुद्दा दायर गरेको थियो । काठमाडौँमा जिल्ला अदालतमा दायर मुद्दामा तीन अर्ब ५० करोड रुपैयाँ बिगो दाबी गरिएको छ । सुरुमा राजश्वले बरामद गरेको सुन प्रकरणमा पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।

उनीहरुविरुद्ध अवैध चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐन र संगठित अपराधसमेतको कसुरमा मुद्दा चलाइएको छ । हङकङबाट ब्रेक शुमा लुकाएर ल्याएको सुन साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया