Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – रोजगारीका लागि बेलायत जान चाहने नर्सका लागि अनलाइन आवेदन खुलेको डेढ महिनामा ५३९ जनाको आवेदन परेको छ । तर, मागिएअनुसारको मापदण्ड नपुग्दा आवेदकमध्ये २२ जनाको मात्रै आवेदन स्वीकृत भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेका अनुसार २१ जुलाईदेखि ११ सेप्टेम्बरसम्म ५३९ जनाको आवेदन परेको हो । त्यसमध्ये २२ जनाको मात्रै स्वीकृत भएको हो । आवेदन दिएकामध्ये केहीको भने मापदण्ड पु-याएर कागजपत्र पेस गरे अझै स्वीकृत हुने सम्भावना रहेको उनले बताए । आवेदन अस्वीकृत हुनेमा अधिकांशको अंग्रेजी भाषामा तोकिएको मापदण्ड नपुगेको देखिएको छ । बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस सेन्टरले त्यहाँ लैजाने नर्सका लागि आईएलटीएस (इन्टरनेसनल इंलिस ल्याङग्वेज टेस्टिङ सिस्टम) वा ओईटी (अकुपेसनल इंलिस टेस्ट) कोर्स अनिवार्य गरेको छ ।

आईलटीएसको रिडिङ, लिस्निङ र स्पिकिङ स्कोर ७ र राइटिङमा ६.५ ल्याएको हुनुपर्ने मापदण्ड छ । ओईटीको हकमा रिडिङ, राइटिङ र लिस्निङमा कम्तीमा बी ग्रेड त्याएको हुनुपर्छ । नेपाली पासपोर्टको म्याद आवेदन दिएको दिनदेखि कम्तीमा एक वर्ष रहेको, नेपाल सरकार वा विदेशको मान्यता प्राप्त शिक्षण संस्थाबाट अध्ययन गरी स्टाफ नर्स, बीएस्सी नर्सिङ वा बीएन गरेको हुनुपर्छ । आवेदन दिने नर्स नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त हुनपर्ने, पछिल्लो दुई वर्षभित्र मान्यताप्राप्त अस्पतालमा दुई वर्ष काम गरेको हुनुपर्ने मापदण्ड छ ।

आवेदन स्वीकृत भएकामध्ये २० जना ओईटी र दुईजना आईलटीएस गरेका नर्स छन् । तर, अधिकांशको आईलटीएस स्कोर नपुगेकै कारण आवेदन स्वीकृत नभएको घिमिरेको भनाइ छ । कतिपयको भने कार्यानुभवको प्रमाण पेस गर्न नसक्दा आवेदन अस्वीकृत भएको हो । केहीको फारम भर्ने प्रक्रियामा प्राविधिक त्रुटिको समस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया