टोकियो – जापानमा भूकम्प धक्का महसुस गरिएको छ । जापानी समयअनुसार बिहान १ बजे ६ दशमलव ६ म्याग्निच्यूटको भूकम्प गएको हो ।
भूकम्पपछि जापानी मौसम विज्ञान एजेन्सीले पनि सुनामीको चेतावनी दिएको छ । मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटर अग्लो छालको पूर्वानुमान गरेको छ भने पूर्वमा चिबा प्रिफेक्चरदेखि पश्चिममा कागोशिमा प्रिफेक्चरसम्म फैलिएको क्षेत्रमा ०.२ मिटरसम्म छाल आउने अनुमान गरिएको छ ।
सावधानीका रूपमा तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान सल्लाह दिइएको छ ।