Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे पनि जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८०’ सभामा पेस गर्ने कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया