Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’को सभामुखबाट केभिन म्याकार्थी पदमुक्त भएका छन् । सभामुख म्याकार्थीलाई हटाउन उनकै दल रिपब्लिकनका सांसद म्याट गेट्जले प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावको पक्षमा २१६ मत परेको छ ।

आफ्नै दलका सभामुखलाई हटाउन रिपब्लिकनका आठ जना सांसदले पनि मतदान गरेका छन्। विपक्षमा २१० मत परेको छ । यो कदमले रिपब्लिकनभित्रको आन्तरिक तनाव सतहमा आएको छ । अमेरिकी संसद्को २३४ वर्षको इतिहासमा पहिलो पटक सभामुख यसरी पदमुक्त भएका हुन् ।

डेमोक्र्याटको समर्थनमा सरकारी खर्च विधेयक पारित गरेपछि सभामुख म्याकार्थीप्रति आफ्नै दलभित्र असन्तुष्टि बढेको थियो । म्याकार्थीले डेमोक्र्याटिक पार्टीको समर्थनमा अन्तिम समयमा मुलुकलाई शटडाउनबाट बचाउन खर्च विधेयक पारित गराएका थिए ।

तपाईको प्रतिक्रिया