Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – युवा गायक कृष्ण विकको नयाँ गीत ‘रातो टिकी’ सार्वजनिक भएको २४ घण्टा नपुग्दै १ लाखभन्दा बढीले हेरेका छन् । मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक भएको गीतले सामाजिक सन्देश बाेकेकाे छ । १२ मिनेटको गीति भिडियोले एकल महिलाको चाहना बोलेको छ । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा कृष्णका साथै मेलिना राई र रेखा जोशीको आवाज छ ।

भाइरल हुनुभन्दा सन्देशमूलक गीत गाउने र समाज परिवर्तनमा योगदान दिने प्रयास आफूले गरेकाे विकले बताए । जीबी आग्रीको निर्देशनमा तयार भएको गीतको भिडियोमा राजेश हमाल, दिलीप रायमाझी, केकी अधिकारी, निता ढुंगाना र घनश्याम जोशीकाे अभिनय छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो गोपाल रायले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरेका छन् । मनोज श्रेष्ठको भीएफएक्स रहेको भिडियोको कलर करेक्सन रेनिश फागोले गरेका छन् । यसअघि विकको हजुर मुसुक्कै गीतमा जातीय विभेदविरुद्धकाे सन्देश थियाे । बझाङ घर भएका युवा गायक विक पछिल्लो समयमा राजधानीमा अध्ययनका साथै गीतसंगीत क्षेत्रमा पनि सक्रिय छन् ।

 

 

तपाईको प्रतिक्रिया