Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् । ३ महिने विशेष रूपान्तरण अभियान अन्तर्गत अछाम जिल्लाको समीक्षा बैठकमा सहभागी हुन पुगेका सुदूरपश्चिम इन्चार्ज रहेका आचार्य अस्वस्थ भएका हुन् ।

स्वास्थ्यमा समस्या आएसँगै बयलपाटा अस्पतालमा उपचार सम्भव नभपछि उनलाई नेपालगन्ज ल्याइएको छ । उनलाई सेनाको हेलिकप्टरमा नेपालगन्ज ल्याइएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए ।

उनको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएको भट्टको भनाइ छ । नेपालगन्ज मेडिकल कलेजमा उनको उपचार सुरु भएको छ ।

तपाईको प्रतिक्रिया