Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं– आफ्ना श्रीमान चेतन मानन्धरको हत्या अभियुक्त रिगल भनिने योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध भारती मानन्धरले अनसन थालेकी छन्। न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले माइतीघरमा रिले अनसन बसेकी हुन् । पहिलो दिन, बुधबार उनले २ घण्टा अनसन बस्ने जनाएकी छन्। उनले आफूले न्याय नपाएसम्म अनसनत जारी राख्ने जनाएकी छन्। उनको अनसनलाई समर्थन गर्दै त्यसपछि आशिष मल्ल ठकुरी, दीपक थापा, गणेश जोशी अनसन बस्ने भएका छन्।

अनसनस्थलमा पत्रकाहरुसँग कुरा गर्दै भारतीले भनिन्, ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु। म मर्न तयार छु, तर न्याय नपाएसम्म फर्किन्नँ।’
भारतीले आममाफीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत दायर गरेकी छन्। उनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबारलाई पेसी छ। भारतीका श्रीमान् चेतनको २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा खुँडा प्रहार गरी हत्या भएको थियो। चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगल भनिने योग ढकाल सत्तारुढ दल नेपाली कांग्रेसनिकट तरुण दलका नेता हुन्। यस वर्ष संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद सजाय मिहना गरेका थिए।

तपाईको प्रतिक्रिया