Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – रजनीकान्तको ‘थलाइवर १७०’ मा अमिताभ बच्चनको प्रवेश भएको छ । लामो समय पछि दुई सुपरस्टार एकसाथ एउटा चलचित्रमा देखिने भएका हुन् । चलचित्रमा केही नयाँ कलाकारहरू पनि देखिनेछन् । जसमा मन्जू वारियर, दुशारा विजयन र रितिका सिंह रहेका छन् । बाहुबलीबाट चर्चित बनेका राणा दग्गुबाती पनि चलचित्रको हिस्सा हुनेछन् ।

यो खबर फिल्मको निर्माण कम्पनीको आधिकारिक सामाजिक सञ्जालबाट साझा गरिएको हो । ‘भारतीय सिनेमाको शहंशाहलाई स्वागत छ,’ पोस्टमा भनिएको छ । रजनीकान्त र अमिताभको जोडी ३२ वर्षपछि एक साथ चलचित्रमा काम गर्न लागेका हुन् ।

पछिल्लोपटक उनीहरूले सन् १९९२ मा ‘हम’ चलचित्रमा काम गरेका थिए । सँगै काम नगरे पनि अमिताभले सधैँ रजनीकान्तलाई समर्थन गर्दै आइरहेका छन् । उनी रोबोट चलचित्रको पत्रकार सम्मेलनमा पनि भाग लिएका थिए । उक्त चलचित्रमा उनकी बुहारी ऐश्वर्य राई पनि हिस्सा थिइन् । यो चलचित्रको निर्देशन टीजे गनानवेलले गर्दैछन् । उनले यसअघि सूर्या अभिनीत चलचित्र ‘जय भीम’ को निर्देशन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया