Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । जारी एसियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा टस जितेर पहिला ब्याटिङ गर्दै भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको हो ।

भारतले २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको हो । भारतका लागि यशस्वी जैसवालले शतकीय पारी खेलेका थिए । उनी ४९ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यसैगरी भारतका लागि कप्तान रुतुराज गायकवाडले २५ रन बनाए भने शिभम दुबेले अविजित २५ रन बनाए । तिलक बर्माले २, जितेश शर्माले ५ र रिंकु सिंहले अविजित ३७ रन बनाएका थिए ।

नेपाल बलर दीपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

नेपालको प्लेइङ-११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

भारतको प्लेइङ-११
ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह,जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।

तपाईको प्रतिक्रिया