Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपाल मगर संघ जापान केन्द्रीय समितिको अध्यक्षमा रामहरि खपाङ्गी सर्वसम्मत रूपमा चयन भएका छन् । टोकियोमा सम्पन्न संघको २१ औँ महाधिवेशनले खपाङ्गी मगरको नेतृत्वमा नयाँ कार्यसमिति (२०२३-२५) चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रेम प्रकाश रोका मगर, उपाध्यक्षमा भीम श्रीस मगर, लोक बहादुर रोका मगर, रित राना मगर तथा महिला उपाध्यक्षमा मिना पुन मगर सर्वसम्मत भएका छन् । महासचिवमा भिक्टर ठाडा मगर, सचिवमा दिल बहादुर पुर्जा मगर र माया थापा मगर चयन हुँदा कोषाध्यक्षमा सविनबाबु थापा मगर, सह कोषाध्यक्षमा सुमि पुन मगर र प्रवक्तामा चिना रोका मगर चयन भएको संघले जनाएको छ ।यसैगरी सदस्यहरूमा कमल पुन मगर, सागर थापा मगर, दिपेन थापा मगर, दिनेश पुन मगर, छविलाल थापा मगर, खिम थापा मगर, ढक प्रसाद जुगजाली, रमा राना मगर, हेम बहादुर सूर्यवंशी मगर र अशिम खपांगी चयन भएका छन् । अधिवेशनमा जनजाति महासंघ जापानका अध्यक्ष सुकुमान थिङ् प्रमुख अतिथि रहेका थिए ।

तपाईको प्रतिक्रिया