Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जापान पठाइदिन्छु भन्दै ४६ लाख रूपैयाँ ठगेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ परेका छन् । मोरङ लेटाङ नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-४ मा बस्ने ५० वर्षीय डिल्लीराम खतिवडा पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार दिउँसो कोटेश्वरबाट पक्राउ गरेको हो । जेनियुन प्लेसमेन्ट प्रालिका सञ्चालक खतिवडाविरूद्ध ढकराज आचार्यसहित १२ जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । विभागले म्यानपावर सञ्चालक खतिवडालाई पक्राउ गर्न पत्राचार गरेपछि पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनले जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ८ लाख रूपैयाँ लिई फरार भएको उजुरीमा उल्लेख गरिएको छ । सोही आधारमा उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल पठाएको उनले बताए । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया