Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना भएको छ । ग १ ख ८४८५ नम्बरको बस आज बिहान ५ बजेतिर पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही-४ ​स्थित बबईसोता पुलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । बसमा १६ जना यात्रु थिए । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका-३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुलिसकेको छैन ।

तपाईको प्रतिक्रिया